भिरबाट लडेर एक युवककाे मृत्यु

Jasus Khabar 3959+ समाचार ( )
२ श्रावण २०८२

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका–२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले बताए।

बिहीबार साँझ भिरबाट लडेर गम्भीर घाइते भएका मल्लको प्राथमिक स्वास्थ्यचौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल पठाइएकामा निजलाई चिकित्सकले गए राति नै मृत घोषणा गरेका सूचना अधिकारी पाठकले बताए। 

प्रतिक्रिया

सम्बन्धित समाचार