बाढीका तथा पहिरोले क्षतिग्रस्त माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन सुरु

Jasus Khabar 3925+ समाचार ( )
२६ श्रावण २०८२

 गत असार ११ गते बागमती खोलामा आएको भीषण बाढीका तथा पहिरोले क्षति भएको माण्ठु हाइड्रोपावरले उत्पादन फेरी सुरु गरेको छ । 

माण्डुका अध्यक्ष रविन्द्र लाल श्रेष्ठले दिएको जानकारी अनुसार माण्डुले साउन १९ गतेबाट उत्पादन थालेको हो । 

माण्डुले प्रवर्धन गरेको बागमती साना जलविद्युत २२ मेघावटको आयोजनाको दुई यूनिट मध्ये १ यूनिट नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधिहरूको रहोबरमा विद्युत् उत्पादन सुरु गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया