आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । >
यसमा आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएको समेत उनले दाबी गरेका छन् । उनले भिसा अप्लाई गर्नुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको बताएका छन् । ‘आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको थियो कि कुनै कारणले सन्दीपले भिसा नपाएको खण्डमा उनको सट्टामा खेलाडी परिवर्तन गर्न मिल्ने थियो,’ चतुरले भनेका छन्, ‘त्यस कारण १४ जनाको नाम र सन्दीप(गोप्य)लाई समावेश गरिएको थियो ।’ >
२ पटकसम्म अमेरिकाले लामिछानेलाई भिसा नदिएको भन्दै केही युवाहरुले माइतीघरमा नाराबाजीसमेत गरेका थिए ।
>>