नामिबियालाई हराउँदै नेदरल्याण्डको पहिलो जित , शीर्ष स्थानमा उक्लियो नेपाल

Jasus Khabar 1+ समाचार ( )
७ फाल्गुन २०८०

आईसीसी विश्व लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई हराउँदै नेदरल्याण्डले पहिलो जित निकालेको छ । आज भएको खेलमा नेदरल्याण्डले नामिबियालाई ७ विकेटले हरायो ।

नामिबियाले दिएको १२४ रनको सामान्य लक्ष्य नेदरल्याण्डले २७।२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । यो जितसँगै नेदल्याण्डले २ खेलबाट २ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहँदा रनरेटका आधारमा नेपाल भने शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलबाट समान २ अंक जोडपनि नामिबियालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुगेको थियो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए ।

प्रतिक्रिया