सुनसरीमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।>
४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा धरान उपमहानगरपालिका–११, कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई पक्राउ गरिएको हो । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन् । >
अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले घाइतेलाई घोपा अस्पताल धरान लगेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
>>