रास्वपा सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । निर्वाचन क्षेत्र चितवन–२ मा मतदातामाझ आयोजित सार्वजनिक सुनुवाइमा बोल्दै उनले आफ्नो बारे भएको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको बताए ।>
उनले भने सहकारीका विषयलाई लिएर अनेकौ टिकाटिप्पणी आएका छन् । विभिन्न सहकारीका प्रश्न आएका छन् । कहीँ कतै मेरै नाम जोडिएर आएकोप्रति मेरो ध्यानाकर्षण भएको छ । म मेरो लडाइँमा तपाईंहरूलाई जोड्न चाहन्न म मेरो लडाइँ आफै लड्न सक्षम छु जस्तो लाग्छ । जतिबेला मद्दत चाहिन्छ म तपाईंहरूलाई भनौंला । म यति भन्न चाहन्छु मेरो नियतबस मैले कहीँ कतै कसैको हिनामिना गर्ने कार्यमा मेरो सहभागिता संलग्नता छैन ।>
त्यसलाई मैले मेरो आफ्नो ढंगले प्रष्ट पारेको छु । उनले भने बचतकर्ताहरूको बचतको एकएक पाइ ब्याजसम्म फिर्ता नभएसम्म अन्तिमसम्म लड्ने मान्छेको नाम के हो ? भनेर कसैले सोध्यो भने रवि लामिछाने भन्नुहोला । कुनै पनि बचतकर्ताको पैसाको एकएक हिसाब चुक्ता नभएसम्म निरन्तर लडिरहनेछु । चाहे म हुँ, मेरो मान्छे हुन्, मेरा पार्टीका हुन् मेरा परिवारका हुन् जो कोहीका हुन् म त्यसबाट विमुख हुने छैन ।>
उनले सहकारीका बचतकर्ताहरूको पैसा व्याजसम्म फिर्ता नहुञ्जेल लड्ने प्रतिबद्धता जनाए । सहकारीका बचतकर्ताहरूको पैसा व्याजसम्म फिर्ता नहुञ्जेल लड्नेछु : रवि लामिछाने>
>
>
>
>>