नेपालले प्रदेश धान्न सक्दैन, खारेज गर्नुपर्छ : अध्यक्ष केसी

Jasus Khabar 1+ समाचार ( )
३ पौष २०८०

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । संघिय प्रणाली असाध्यै खर्चिलो भएको केसीको भनाइ छ। 

मंगलबार बुटवलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष केसीले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए । संघीयताका कारणले ८८४ जना सांसद  र १३८ जना मन्त्रीहरु पाल्नुपरेको केसीको भनाइ छ। सरकारले सेना, प्रहरीको तलब र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरुलाई कसरी पाल्न सक्नछ? भन्दै केसीले प्रश्न गरे। 

संघीयता काम नलाग्ने रहेछ भन्नेकुरा सबैले अहिले महसुस गर्न थालेको केसीको भनाइ छ।  प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने केसीले उल्लेख गरे। 



प्रतिक्रिया