पहिरोले सडक अवरुद्ध, बीच बाटोमै रोकिए यात्रु

Jasus Khabar 1+ समाचार ( )
११ अशोज २०८१

अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे काठमाडौं सडक अवरुद्ध भएको छ। सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन्।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।२० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ।

अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ।

मनसुन सक्रिय हुनुभन्दा अगाडि नै जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो।

विभागका मौसमविदहरुका अनुसार अहिलेको प्रणालीको असर आइतबारसम्म देखिने छ।

प्रतिक्रिया