स्वास्थ्य मन्त्रीको छातीमा प्रहरीद्धारा गोली प्रहार

Jasus Khabar 1+ समाचार ( )
१५ माघ २०७९

भारतमा स्वास्थ्य मन्त्रीलाई प्रहरीले गोली हानेका छन्। ओडिशा राज्यका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीसमेत रहेका झारसुगुडाका विधायक नव किशोर दासलाई एक प्रहरीले जनसभामा जाँदै गर्दा गोली हानेका हुन्।

असई गोपाल दासले करिब ४/५ राउन्ड गोली फायरिङ्ग गरेका थिए। जसमध्ये स्वास्थ्य मन्त्रीको छातीमा पनि गोली लागेको थियो।

हाल ती मन्त्रीलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था गम्भिर रहेको भारतीय दैनिक पत्रिका अमर उजालाले जनाएको छ।

यो घटना आज करिब दिउँसो १२:१५ बजेतिरको हो।

प्रतिक्रिया