रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने भएका छन् ।
>
सो भेटमा वाग्लेसहित रास्वपाका नेताहरुले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय समेटेर तयार पारिएको प्रतिवेदन बुझाउने भएको छ ।
>
यसअघि नै सभापति लामिछानेले संसद् बैठकमा उक्त प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाउने तयारी भएको बताएका थिए । >
तर, उक्त बैठकमा प्रधानमन्त्री उपस्थित् नभएपछि त्यो प्रतिवेदन आज बुझाउन लागिएको नेताहरुले जनाएका छन् ।
>>