अबदेखि विराटनगरबाट पनि श्रम स्वीकृति

Jasus Khabar 1+ समाचार ( )
२२ पौष २०७९

अब विराटनगरबाट पनि वैदेशिक रोजगारीमा जानेहरुलाई व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालिएको छ । यसअघि विराटनगरबाट श्रम स्वीकृतिको नवीकरण मात्रै हुँदै आएको थियो ।

नागरिकलाई प्रविधिमैत्री सेवा दिने भन्दै वैदेशिक रोजगार विभागले आइतबार देखि श्रम तथा रोजगार कार्यालय विराटनगरबाट संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिन थालेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम स्वीकृतिका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने विगतको व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै किसिमका श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेपछि सेवामा आएको सुधारकै निरन्तरता स्वरुप विराटनगरबाट पनि सेवा विस्तार गरेको मन्त्रालयको भनाइ छ ।



प्रतिक्रिया