नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको तिलगाउँमा पुनः लेदोसहितको पहिरो गएको छ । सोमबार राति गएको लेदोसहितको पहिरो तिलागाउँको अर्को स्थानमा आएको हो ।>
गाउँको पश्चिम दक्षिणतर्फ लेदोसहित आएको ठुलो पहिरोले हिल्सातर्फ जाने काठेपुल बगाएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।>
>
लेदोसहितको पहिरो गाउँको उत्तर–पश्चिम दिशाबाट बग्ने स्योगान खोलाबाट आएको वडाध्यक्ष तामाङले बताए । स्योगान खोलाको माथिल्लो तटीय क्षेत्रमा हिमतालहरू समेत रहेका छन् ।>
गत जेठ १ गते तिल्जुङ खोलाको माथिल्लो जलाधारमा दुई वटा हिमतालको पानी चुहिएर पहिरो गएको थियो । यसैबिच हल्जी गाउँमा पनि पहिरो गएको छ । हल्जी गाउँको माथि पनि ठुलो हिमताल रहेको छ ।>
>>