काठमाडौं । अमेरिकाबाट निकालिएका नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ ।>
>>>
अहिले विहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।>
क्यानका एक उच्च अधिकारीका अनुसार विमानमा १० जना प्रारम्भिक जानकारी आएको छ । ‘यसमा २/४ थपघट पनि हुनसक्छ एकछिनमा थप प्रष्ट हुन्छ’, उनले भने ।>
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाल्ने क्रमले तीव्रता पाएको हो ।>
>
नेपालसँग भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई समेत अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ ।>>