BREAKING : भारतको किट युनिभर्सिटीमा फेरि अर्की नेपाली छात्राको शव होस्टेलमा फेला

Jasus Khabar 3945+ समाचार ( )
१८ वैशाख २०८२

भारतको किट युनिभर्सिटीमा फेरि अर्की नेपाली छात्राको शव होस्टेलमा फेला परेको खबरले सबैलाई स्तब्ध बनाएको छ । भुवनेश्वर–कटक प्रहरी आयुक्त एस. देव दत्त सिंहले घटनाको पुष्टि गरेका छन्। उनका अनुसार उक्त नेपाली छात्राको शव विश्वविद्यालय अन्तर्गतको एक छात्रावासमा फेला परेको हो।

इन्फोसिटी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको कारणबारे भने हालसम्म केही स्पष्ट खुलाइएको छैन। यो घटनाले हालसालै नेपाली विद्यार्थीहरूबीच बढ्दो चिन्ता र सुरक्षाका विषयमा गम्भीर प्रश्न उठाएको छ। भर्खरै एउटा भिडियो सार्वजनिक भएको छ । त्यहाँ नेपाली विद्यार्थी आत्तिइरहेका छन।

यस अघि फरवरी १६, २०२५ का दिन नेपाली छात्रा प्रकृती लम्सालले आत्माहत्या गरेकी थिइन् । त्यो घटनालाई लिएर प्रर्दशन भएको थियो । प्रर्दशनमा भारतको प्रशासन र विश्वविद्यालय प्रशासनले दमन गरेको थियो । नेपालीहरु असुरक्षित महसुस गर्दै नेपाल फर्किएका थिए । विषय मत्थर हुन नपाउँदै अर्को घटना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार