वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा युवक पक्राउ परेका छन्। >
पक्राउ पर्नेमा धादिङको नेत्रावती गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने २९ वर्षीय सुदीप सापकोटा रहेका छन्। >
सुदीपले ग्रीस पठाइदिन्छु भन्दै एकजना पीडितबाट २ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपलिका-१५ बाट पक्राउ गरेको हो। >
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
>>>>>