नेपाल र वेस्टइन्डिज ए बीचको खेल तालिका सार्वजनिक

Jasus Khabar 1+ समाचार ( )
२७ चैत्र २०८०

 टेस्ट टोली वेस्टइन्डिजको ए र  नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएकोछ ।

वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ । वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो ।

नेपालले टी-२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया