सर्लाहीमा नक्कली नोट र चोरीका औजारसहित तीनजना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२२ फाल्गुन २०८१

सर्लाहीको मलंगवामा नक्कली नेपाली नोट र चोरीका औजारसहित तीनजना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा प्रहरीले नगरपालिका ९ र १० मा भाडामा बस्दै आएका दिपेश यादव, अर्जुन महतो र विवेक सिंह महतोको कोठामा छापा मारेको थियो।

प्रहरीले खानतलासी गर्दा उनीहरूको कोठाबाट नक्कली नेपाली नोट रु. १,००० दरका ९८ थान बरामद गरेको हो।

त्यस्तै, भारतीय रुपैयाँ ३०,००० र चोरी गर्न प्रयोग हुने विभिन्न फलामका औजार समेत फेला परेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू नक्कली नोट कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।

पक्राउ परेका तीनै जनालाई मुद्रा सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप अनुमति लिएर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया