सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल आजादले पालिकाको बजेटको चरम दुरुपयोग गर्दै भाईको नाममा गाडी खरिद गरेर सोही गाडीलाई पालिकासँग भाडा सम्झौता गराई पालिकाबाट प्रत्येक वर्ष लाखौ रुपैया भुक्तानी गर्ने गरेका छन ।>
सो रुमबाटै नयाँ खरिद गरिएको सो सवारी साधन किस्ताबन्दीमा खरिद गरेर त्यसलाई पालिकासँग सम्झौता गराई पालिकाबाटै किस्ता बुझाउन पुग्ने बार्षिक १० लाख ३२ हजार रुपैया भुक्तानी लिने गरेका छन ।>
>
भोक्राहा नरसिंह गाउँपालिकाको स्वामित्वमा एउटा सवारी साधन चालु अवस्थामै रहेको छ । यसअघिका पालिका अध्यक्षले समेत चढ्दै आएको सो सवारी साधन अधिकांश समय अहिले पनि कार्यालयमै थन्किएर बस्छ तर अध्यक्ष अजमल आजाद भने कार्यालयको गाडि थन्काएर सोही गाडि भाडामा लिएर हिड्छन ।>
>
उनले मासिक ८६ हजार भाडा तिर्ने गरी सवारी साधन भाडामा लिएर प्रयोग गर्दै आएका छन । जसबापत पालिकाको कोषबाट बार्षिक १० लाख ३२ हजार रुपैया भुक्तानी दिएको छ ।>
>
महालेखा परिक्षकको प्रतिवेदन २०८०/०८१ ले समेत सो विषयलाई अनियमित ठहर गरेको छ ।>
>
प्रतिवेदनले पालिकाले उपलब्ध गराएको जिन्सी प्रतिवेदनअनुसार पालिकामा एक वटा साना सवारी साधन चालु अवस्थामा रहेको छ । पालिकाले यस वर्ष कार्यालय प्रयोजनको लागि मासिक चालक, इन्धन र मर्मत बाहेक ८६ हजार रुपैया भुक्तानी दिने गरी सवारी साधनधनीसँग सम्झौता गरी सावरी साधन भाडामा लिई १० लाख ३२ हजार भुक्तानी दिएको देखियो । कार्यालय प्रयोजनको लागि पालिकामा एक थान सवारी साधन भएको अवस्थामा मासिक रुपमा सवारी भाडा लिई भुक्तानी दिन मिल्ने नदेखिएकोले सवारी भाडाबापत भुक्तानी भएको रकम नियमित हुनु पर्छ भन्दै अनियमित ठहर गरेको हो ।>
यसरी नै भाडामा सो गाडी प्रयोग भइरहँदा उनको कार्यकालमै सो सवारी साधनको भाडाबापतको रकम लिएर कार्यकालको अन्तिममा पूरै भुक्तानी भई निजी बन्नेछ । पालिका अध्यक्षले बर्षेनी आफ्नो भाइको नाममा रहेको संस्था, क्लब र निर्माण कम्पनीको खेल प्रतियोगितासहित विभिन्न निर्माणको नाममा समेत लाखौ रुपैया उपलब्ध गराउँदै आएका छन ।>
>
त्यस्तै पालिकाले कार्यालय र पदाधिकारी इन्धनको नाममा समेत ब्रम्हलुट मच्चाएको महालेखाको प्रतिवेदनले औल्याएको छ । विधी प्रक्रिया नपु¥याई इन्धनमा ठूलो रकम खर्च गरेको देखाएको छ ।>
>
प्रतिवेदनमा भनिएको छ, ‘ प्रदेश नं. १ सार्वजननिक खर्चको मापदण्ड कार्य विधी र मितब्ययीता सम्बन्धी निर्देशिका २०७५ मा सवारी साधनको किसिम, इन्धन खर्च र मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई प्रयोगमा ल्याउनु पर्ने ब्यवस्था छ ।>
पालिकाले यस वर्ष इन्धन (कार्यालय तथा पदाधिकारी र इन्धन अन्य प्रयोजन) मा रु. ५९ लाख खर्च गरेको छ । कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कार्यालयमा एक ब्याकहो लोडर, एक साना सवारी, एक भाडाको साना सवारी र २४ वटा मोटरसाईकल रहेको छ । पदाधिकारी तथा कर्मचारीलाई मासिक रुपमा दिने इन्धनको मापदण्ड तयार गरेको छैन भने सवारी साधनअनुसार बार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने अभिलेख समेत राखेको पाइदैन । इन्धन खर्चलाई मितब्ययी बनाउन इन्धन खर्चको मापदण्ड बनाउने, लग बुक राख्ने र इन्धन प्रयोजनको ब्यवस्थित अभिलेख राखी इन्धन खर्चमा नियन्त्रण गर्नुपर्छ । ब्याकहो लोडरबाट हुने तथा भएको कामको लागत अनुमान, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार पार्नु पर्छ ।’>
>