सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ साविक घुस्की-४ मा पारिवारिक जग्गा विवादले उग्र रूप लिँदा छोराले आफ्नै बुवाको हत्या गरेका छन्।>
स्थानीय ३५ वर्षीय रियाज अन्सारीले ६५ वर्षीय बुवा सबिब अन्सारीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ। लामो समयदेखि जग्गाको स्वामित्व र अंशबन्डा विषयमा विवाद चलिरहेको पारिवारिक स्रोतले बताएको छ।>
>
बुधबार बिहान विवाद चर्किएपछि रियाजले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका सबिब अन्सारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल बिष्टले जानकारी दिए।>
>
घटनापछि रियाज अन्सारीलाई नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि बिराटनगरस्थित कोशी अस्पतालमा पठाइएको छ।>
>
Hsjoshvsn ho be hello my name is a good day u will be hello my name is a good day u will be hello my name is a good day u will be hello my name is a good day