सुनसरी । धार्मिक सद्भावमा खलल पु¥याउने उद्देश्यले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।>
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्ला सुनसरी कोशी गाउँपालिका–३ नहरचौक बस्ने २२ वर्षीय साहिल अंसारीलाई सामाजिक सञ्जाल TikTok लगायतमा धर्म विशेष विरुद्ध घृणित, अपमानजनक तथा अश्लील शब्द प्रयोग गरी सम्भावित धार्मिक दंगा भड्काउने उद्देश्यले भिडियो सम्प्रेषण गरेको आरोपमा पक्राउ गरिएको हो ।>
>
प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा उनलाई मिति २०८२ असार २४ गते साँझ ६:३० बजेको समयमा कोशी गाउँपालिका–३ जमुवा क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।>
>
प्रहरीका अनुसार अंसारीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम विद्युतीय अपराध शीर्षकमा अनुसन्धान अगाडि बढाइएको छ । यस सम्बन्धमा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिइ तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।>
>
प्रहरीले सामाजिक सञ्जालमा यस किसिमका आपत्तिजनक सामग्री सार्वजनिक नगर्न सर्वसाधारणमा अपिल गर्दै धार्मिक सद्भाव र सामाजिक एकतालाई कायम राख्न आग्रह गरेको छ ।>
>