जिल्ला कारागार कार्यालय रुपन्देहीले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुरक्षाकाका कारण छुट्टै बन्दीगृहमा राखिएको स्पष्ट पारेको छ । उनको कोठाबाहिर झ्यालमा टाँसिएको प्लाइउड उक्काएर जाली राखिएको पनि कारागारले जानकारी दिएको छ।>
>
कारागार कार्यालयका अनुसार सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनुवा रहेका लामिछानेलाई प्रारम्भदेखि नै छुट्टै कोठा उपलब्ध गराइएको छ । उक्त कोठामा छुट्टै शौचालयको व्यवस्था छ ।>
साथै प्रारम्भदेखि नै टेलिफोन र भेटघाटको सुविधा निरन्तर उपलब्ध रहँदै आएको कार्यालयले जनाएको छ ।>
कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा बिरामी बन्दीहरूको स्वास्थ्य उपचारका लागि स्थानीय अस्पताल वा चिकित्सकको सिफारिसमा आवश्यक स्थानान्तरणको व्यवस्था पनि गरिएको उल्लेख छ।>
कारागार कार्यालयले सबै बन्दीबीच मेलमिलाप कायम राख्दै शान्ति, सुरक्षा र मानव अधिकारमैत्री वातावरण सृजना गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।>
२५० जनाको क्षमता भएको रुपन्देही कारागारमा हाल ६४० जना बन्दी रहेका छन् । क्षमताभन्दा धेरै बन्दी भए पनि उपलब्ध स्रोत साधनको प्रभावकारी प्रयोग गर्दै कानुन बमोजिमका सेवा सुविधा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।>
कारागार ऐन २०७९ र कारागार नियमावली बमोजिम अशक्त, अपाङ्ग, जेष्ठ नागरिक र सुरक्षा जोखिममा रहेका बन्दीलाई थप सुविधा दिइने गरिएको छ । तर, कानुन बमोजिमका सकारात्मक विभेद बाहेक अन्य कुनै विभेद नगरिएको स्पष्ट गरिएको छ ।>
कारागार प्रशासनले समय समयमा कारागारको अवस्थाको अवलोकन गर्ने, बन्दीहरूको गुनासो सुन्ने र स्रोतसाधनको उपलब्धता अनुसार सम्बोधन गर्दै आएको जनाएको छ>>>