पशुपति आर्यघाटबाट शवको हड्डी बेचेको आरोपमा दुईजना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२५ श्रावण २०८२

 पशुपति आर्यघाटमा दाहासंस्कारका लागि लगिएको शवको हड्डी बेचेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एकजना घाटे बाहुन पनि छन् भने अर्का दाउरा उठाउने व्यक्ति छन् ।

पीडितका आफन्तले शवको मासु र हड्डी बेचेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । पक्राउ परेकाले आरोप स्वीकार गरेका बताइएको छ । उनीहरू हड्डी अघोरी बाबालाई बेचेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया