कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

Jasus Khabar 3958+ समाचार ( )
२३ भाद्र २०८२

 नयाँबानेश्वरमा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ। 

जेनजीको प्रदर्शनको दृश्य खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो। 

पाखुरामा गोली लागेर घाइते भएका श्रेष्ठको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बानेश्वरको प्रदर्शन नियन्त्रण लिन प्रहरीले रबरको गोली चलाएको थियो।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले प्रदर्शनका क्रममा प्रहरी र जेनजी पुस्ताका केही युवाहरू घाइते भएको जानकारी दिएका छन्। 

प्रतिक्रिया