हिकभिजन नयाँ शोरुमको बिराटनगरमा ः उच्च प्रविधिको सिसिटिभि क्यामेरा पाउने सिसि टिभि क्यामेरा बेच्ने ब्राण्डेड कम्पिनी हिकभिजनको नयाँ शोरुमको बिराटनगरमा उद्धघाटन भएको छ । विराटनगरका लागी आधिकारीक विक्रेता मल्टिप्लेक्स इन्फो सिस्टमले बेच्दै आएको हिकभिजन क्यामेरा बेच्ने नव निर्मित शोरूमको उद्घाटन भएको हो ।>
शुक्रबार एक कार्यक्रमको आयोजना गरि विराटनगर–९ मेन रोडमा बिगत १५ बर्षदेखी स्थापित मल्टिप्लेक्स इन्फो सिस्टमको नव निर्मित शोरूमको उद्घाटन हिकभिजन नेपालका लागि राष्ट्रिय वितरक म्यक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोद कुमार अधिकरीले गरेका थिए । उक्त शोरुम उद्घाटनको अवसरमा विराटनगर महानगरका मेयर नागेश कोइराला , म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिका सञ्चालक कमल तामाङ हिकभिजन नेपालका सेल्स म्यानेजार मो. चुन्ना र मार्केटिङ म्यानेजर अमर पुडासैनीको समेत उपस्थिति रहेको थियो ।>
पुरानो मल्टिप्लेक्स रहेको भवन भन्दा ३ घर दक्षिण तिर शोरुम खोली संचालनमा आएको छ । बिभिन्न उपकरणमा केहि समयको लागि अफर समेत राखी सामानहरु बिक्री वितरण गरिने संचालक जयन्त बोथराले बताए ।
>>