लागुऔषधसहित दुई कारोबारी पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२४ वैशाख २०८२

प्रतिबन्धित लागुऔषधसहित धरानबाट प्रहरीले दुई कारोबारीलाइ पक्राउ गरेको छ । मंगलबार राति धरान उपमहानगरपालिका-३स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नम्बर ३ बाट धनगढी घर भएका ३१ वर्षीय निखिल भन्ने वसन्त राजवंशी लाई लागुऔषधसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्र खडकाले बताए । उनले राजवंशीको साथबाट लागूऔषध स्पास्मो प्रोक्सिभन ३७० क्याप्सुल बरामद गरेको छ । 

त्यस्तै धरान उपमहानगरपालिका-८ स्थित सभागृह छेउ बस्ने ३८ वर्षीय मनोज विश्वकर्मा पनि लागू औषधसहित पक्राउ परेका छन् । उनको साथबाट स्पास्मो प्रोक्सिभन ८९२ क्याप्सुल, नाइट्रोसन ७० चक्की र एस्कुफ  ४० बोतल  बरामद गरिएको खडकाले बताए । पक्राउ परेका दुबै जनालाई इलाकाप्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार