सांसदहरुलाई प्रधानमन्त्रीको प्रश्न : एनसेल बिक्री हुँदा यहाँ हुने तपाईंहरूले किन थाहा नपाएको ?

Jasus Khabar 1+ समाचार ( )
३ पौष २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा थाहा नभएको भन्दै पन्छिन खोजेको आरोप लगाएपछि प्रधानमन्त्रीले नै सांसदहरुमाथि प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका प्रधानमन्त्रीले यस्तो प्रश्न गरेका हुन् ।

“मलाई दुवईमा भनेर सुख पाइन्छ भन्नुभयो,” प्रधानमन्त्रीको भनाई थियो, “एनसेलले दूरसञ्चार प्राधिकरणलाई सोध्ने वा आधिकारिक च्यानलमा पसेकै छैन । कसरी थाहा पाउने मैले ? त्यसो भए नेपालमै हुनुभएको तपाईं सांसदहरुले किन थाहा नपाएको ?”

उनले आफूले पनि मिडियाबाट थाहा पाएको उल्लेख गर्दै सरकारी निकायलाई थाहा भएर आफूले थाहा नपाएको भए अचम्म मान्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार