अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय अमेरिकामा रहेका आप्रावासी विरुद्ध कडा कानुनी कदमहरु चालिरहेका छन्। त्यहाँ रहेका अवैध आप्रावाशीलाई देश निकाला गरीरहेको ट्रम्प प्रशासनले पछिल्लो समय विभिन्न स्टाटसमा बसीरहेका मानिसहरुको समीक्षा समेत सुरु गरेको छ।>
>
यस्तोमा नेपाली नागरिकहरुको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ। यसको अर्थ त्यहाँ टीपीएस स्टाटसमा रहेका नेपालीहरु अब स्वदेश फर्कनु पर्ने भएको छ। डिफार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपालको वर्तमान अवस्थाबारे समीक्षा गरी टिपीएस खारेज गर्ने निर्णय गरेको हो।>
>
नेपालमा २०१५ मा गएको शक्तिशाली भूकम्पपछि अमेरिकी सरकारले त्यहाँ रहेका अवैध नेपालीलाई टिपीएस सुविधा दिएको थियो। जसका कारण उनीहरु तत्काल फर्किनु पर्ने अवस्था अन्त भएको थियो।>
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्य सरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेवसाइटमा उल्लेख छ।>
उसले जारी गरेको सूचनामा अब नेपालको टीपीएस कानुनी रुपमा अब पुष्टि नहुने उसको ठहर छ। नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११:५९ बजे अन्त्य हुने उसले जनाएको छ। यसअको अर्थ टीपीएस मान्यतामा अन्त हुनु अघिनै त्यहाँ रहेका नेपालीहरु स्वेदेश फर्किनु पर्नेछ।>
सूचनामा भनिएको छ ‘यदी तपाईं टीपीएस स्टाटसमा अमेरिका बसिरहनु भएको छ र यहाँ बस्ने अन्य वैधानिक आधार नभए नेपाल फर्किन तयार हुनुस्’ सूचनामा अमेरिका छाड्ने मनसाय भएमा सीबीपी मोबाइल एप प्रयोग गर्न सकिने उल्लेख छ।>
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नो पहिलो कार्यकालमा समेत नेपालीलाई दिंदै आएको टीपीएस खारेज गर्ने प्रक्रिया अघि बढेको थियो। त्यसबेला १२ महिनाभित्र नेपाल फर्किन समय सीमा तोकिएको थियो।>
टीपीएस सुविधा कसलाई दिइन्छ?
अमेरिकी सरकारले कुनैपनि देशमा गहिरो संकट अनुमान गरेमा उसले त्यो देशका अवैधानीक अर्थात कुनै कागजात नभएका नागरिकहरुलाई टीपीएस सुविधा प्रदान गर्ने गर्छ। अर्थात सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप तथा अन्य असाधारण असुरक्षित परिस्थितीहरुमा त्यो सुविधा दिने गरिन्छ।>
नेपालीहरुलाई प्राकृतिक प्रकोप अर्थात नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो। त्यसबेला करिब १५००० हजार नेपाली नागरिकहरुले टीपीएस सुविधा लिएको बताइन्थ्यो। पछिल्लो १० वर्षमा करिब ७००० बढीले ग्रिनकार्ड बनाइसकेको र करिब ८ हजार जना भने अझैपनि टीपीएस अन्तर्गतनै अस्थायी बसोबासमा रहेको जनाइएको छ।>
अब अमेरिकी राष्ट्रपति ट्रम्पले चालेको अवैध रुपमा बसोबास गरिरहेकाहरुप्रति कडा नीति अब टीपीएसका आधारमा बस्दै आएका थप नेपालीमाथि समेत परेको छ।>
यसअघि अमेरिकाले विमान नै चार्टर्ड गरेर समेत केही नेपालीलाई स्वदेश फर्काइसकेको छ । उनीहरु अवैध बाटोबाट अमेरिकासम्म पुगेका नेपालीहरु थिए।>>