प्रहरीले गर्‍यो निःशुल्क बस सेवा सञ्चालन

Jasus Khabar 3925+ समाचार ( )
२० जेठ २०८२

नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। 

यातायात व्यवसायीहरूले आज गरेको बन्दको घोषणापछि यातायातका साधनहरू ठप्प छन्। यातायात ठप्प भएपछि सर्वसाधारण यात्रु अलपत्र परेपछि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो।

यसअघि बन्दको फाइदा उठाउँदै राइड सेयरिङ कम्पनीले यात्रुसँग मनपरी भाडा असुल्न थालेको गुनासो आएपछि नेपाल प्रहरीले कारबाही गर्ने चेतावनी समेत दिएको छ। उसले बढी भाडा लिएमा यात्रुहरूलाई नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन आग्रह गरेको छ।

बन्दको घोषणा गरेपछि आज बिहानैबाटै पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र मनपरी भाडा असुल्न थालेको गुनासो चारैतिरबाट आएपछि प्रहरीले यस्तो सूचना जारी गरेको उल्लेख छ।

प्रतिक्रिया