गत भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा ज्यान गएको छ।>
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगञ्जस्थित घरमा आगजनी गरिँदा जलेर घाइते भएकी ४५ वर्षीया सोशलादेवी हजाराको मंगलबार उपचारका क्रममा ज्यान गएको हो । उनको काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।>
उनी कांग्रेस नेता रुङ्टाको घरमा काम गर्दै आएकी थिइन् । घरेलु कामदारका रुपमा उनी पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी हुन् ।>
वीरगन्ज महानगरपालिका-१३ स्थित रुंगटाको निवास परिसका ४ वटा भवनमा आगो लगाइएको थियो। जेन-जी आन्दोलनका क्रममा अराजक समूह पसेर लुटपाट मच्चाउने क्रममा आगोसमेत लगाएका थिए ।>
उनी आगजनीका क्रममा घरको छतमा थिइन् । छतमा रहेका अर्का युवक पनि जलेर गम्भीर भएका भएका थिए । उनलाई वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रको भर्याङको सहयोगमा बचाइएको थियो ।>
>>>