अविरल वर्षाको कारण नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

Jasus Khabar 3959+ समाचार ( )
१३ आषाढ २०८२

नुवाकोट जिल्लाको ककनी गाउँपालिका-१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढ्न गई बेपत्ता भएकी ३२ वर्षीया कमला बलामीको खोजीकार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ।

साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाईते भएका अशोक बलामीलाई उद्वार गरी उपचारको लागि काठमाडौतर्फ पठाएको छ।

सो घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि  ६५ जना  सुरक्षा फौज उद्धारको लागि खटिएको छ। सो खोललो पशुचौपाय लगायत अन्य सामान बगाएको छ।

यसैगरी डोल्पा जिल्लाके काईके गाउँपालिका-४ रिवामा अविरल वर्षाको कारण पहिरो गई सो ठाउँमा रहेको १५ घर पूर्ण रुपमा क्षती भएको छ।

उक्त स्थानमा उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको  छ । पहिरोमा परी ३ जना व्यक्ति घाइते भएका छन्। उनीहरुको अवस्था भने सामान्य रहेको छ।


प्रतिक्रिया