समाधान भयो फेसबुकमा मिति नदेखिने समस्या

Jasus Khabar 1+ समाचार ( )
२४ मंगशिर २०८१

फेसबुकमा सोमबार देखिएको पोस्ट गरेको मिति नदेखिने समस्या समाधान भएको छ । कम्प्युटरमा क्रोम ब्राउजरबाट फेसबुक चलाउँदा कुनै पनि पोस्टको प्रकाशित मिति नदेखिने भएको थियो । त्यसको ठाउँमा क्लिक हुने कोडजस्तो लिंक देखिएको थियो ।

तर, समस्या देखिएको केही घण्टामै उक्त समस्या समाधान भएको हो । अहिले प्रकाशित मिति देखिन थालेको छ । कुनै पनि प्रयोगकर्ता वा पेजको पोस्टमा नामको मुनि प्रकाशित मिति (यति मिनटेअघि, घण्टाअघि वा मिति) देखिन्छ । सोमबार बिहानदेखि भने त्यसको ठाउँमा कोडजस्तो लिंक देखिएको थियो । समस्या आएको बेला पेज वा व्यक्तिगत अकाउन्टमा गरिएको पोस्ट वा लिंकमा मिति देखिनुको साटो क्लिक गर्न मिल्ने कोडजस्तो लिंक मात्र देखिएको थियो । यो समस्या देखिएको केही घण्टापछि नै समाधान भएको छ । अहिले पोस्टमा प्रकाशित मिति र समय पुनः देखिन थालेको छ। प्रयोगकर्ताहरूले यसलाई सामान्य अवस्थामा फर्किएको बताएका छन् । यस समस्याबारे फेसबुकले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

तर, प्राविधिक विज्ञहरूले यो फेसबुकको आन्तरिक त्रुटि वा सिस्टम अपडेट को कारणले भएको हुनसक्ने बताएका छन् । प्रयोगकर्ताहरूका अनुसार, यस्तो समस्या कहिलेकाहीँ प्लेटफर्ममा नयाँ फिचर परिक्षण गर्दा वा प्राविधिक अद्यावधिकका क्रममा हुनसक्छ ।

प्रतिक्रिया