रास्वपा खहरे बाढीजस्तै हो, अब हराउँदै जानेछ: अर्थमन्त्री पौडेल

Jasus Khabar 3925+ समाचार ( )
१ भाद्र २०८२

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्खाको खहरे बाढीजस्तै भएको टिप्पणी गरेका छन् । आज नेपाल पत्रकार महासंघ, पाल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनले भने, ‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ । कमिला हिँड्न थाल्छन् । रास्वपा पनि अब हराउँदै जानेछ ।’ उनले विरोधमा रमाएर गरिने राजनीति लामो समय नटिक्ने दाबी गरे ।

नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा मनाइने सिन्दुर जात्रामा सहभागी हुन मन्त्री पौडेल तानसेन आएका हुन् ।

प्रतिक्रिया