राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताएका छन् ।>
नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालका हिमाल र हिमाली क्षेत्रमा निकै असर परेको भन्दै असर न्यूनीकरणका लािग गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताए । नेपाल कार्बन उत्सर्जनको कारक नहुँदा पनि जलवायु परिवर्तनको मारमा परेको विषयलाई संयुक्त राष्ट्रसंघका महासचिवले विश्वसामु उजागर गर्ने बनाउनु सन्तोषको विषय भएको उनले बताए । राष्ट्रपति पौडेलले अहिले विभिन्न २७ हिमाल आरोहणका लागि अनुमति दिएको अवस्थामा अन्य हिमालहरुलाई पनि आरोहण अनुमति दिँदै पर्यटन प्रवर्द्धनमा लाग्न सरकारले ध्यान दिनुपर्ने धारणा राखे । >
उनले पर्वतीय पर्यटनको विकास र प्रर्वद्धनका लागि आवश्यक काम गर्न सरकारलाई सुझाव दिए ।>