गाजामा युद्धविराम सम्झौताको माग गर्दै शनिबार इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन्।>
धेरै सहरमा आयोजित विरोध र्यालीमा ठुलो संख्यामा मानिस सहभागी भए।>
प्रदर्शनकारीले गाजा शहर कब्जा गर्ने सेनाको योजनाले बाँकी बन्धकको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन्।>
इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले बन्धकको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठन गर्न आह्वान गरेका छन्।>
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन हाल युद्ध अन्त्य गर्न हमाससँगको कुनै पनि सम्झौताको विरोध गर्ने अति दक्षिणपन्थी सदस्यमा निर्भर छ।>
यसैबीच गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमण र कुपोषणका कारण पछिल्लो २४ घण्टामा ६० भन्दा बढीको मृत्यु भएको दाबी गरेको छ।>
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गाजाको अवस्थालाई मानवताको असफलताको रूपमा वर्णन गरेका छन्। उनले तत्काल युद्धविराम, सबै बन्धकको रिहा र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरे।>
>>>>>