प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभा समाप्त गरेर नेपाल फर्किदै छ। >
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका थिए। उनी आज नेपाल आईपुग्ने भएका छन्। आइतबार साँझ उनले बोस्टनबाट कतारका लागि प्रस्थान गरेका थिए।
>
कतारबाट आज अपराह्न ४ बजे उनी काठमाडौं आइपुग्ने बताइएको छ। प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गरेका थिए।
>
स्वदेश फर्केपछि, प्राकृतिक प्रकोपबाट उत्पन्न विपत्तिको समाना गर्न रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको छ। विगत दुई दिनसम्मको अविरल वर्षाका कारण उत्पन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरुलाई राहत र पुनर्स्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ।
>
>>