साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। आइतबार ११.०६ अंकले घटेको नेप्से यसदिन २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा अडिएको छ।>
नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३२४ स्क्रिप्सको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँमा खरिदबिक्री भए।>
साताको पहिलो कारोबार दिन आइतबार ९ अर्ब माथिको कारोबार भएको थियो। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।>
मकर जितुमाया सूर्य हाइड्रोपावर,पियोर इनर्जी,दोल्टी पावर,बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुटवल पावरको सेयर ९.८३ प्रतिशतले बढ्यो।>
कारोबार रकमका आधारमा यसदिन राधी विद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर ६२ करोड २८ लाख मूल्य बराबरको सेयर कारोबार भयो।>
युनिभर्सल पावरको ५४ लाखको सेयर कारोबार हुँदा बुटवल पावरको ५१ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३९ करोड र सीईडीबी होल्डिंग्सको ३७ करोडको सेयर कारोबार भयो।>
कारोबारमा आएकामध्ये १९१ स्टक्सको मूल्य बढ्दा ५६ वटाको घट्यो। एक स्टकको मूल्य भने १ स्थिर रह्यो। यसदिन १० समूहको उपसूचक बढ्दा तीनवटाको घट्यो। हाइड्रोपावर र अदर्श समूहको उपसूचक २ प्रतिशत बढीले बढ्यो।
>
>>>>>