काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य तोलाकै लगभग ७ हजारले बढ्को छ। मंगलबार एक सुनको मूल्य बढेर तोलाको एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।>
आज एक तोलामा छ हजार ९००ले सुनको भाउ बढेको हो।>
त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ।>
सोमबार स्थानीय बजारमा सुन प्रतितोला एक लाख ९१ हजारमा कारोबार भएको थियो। त्यस्तै चाँदी सोमबार प्रतितोला ९६० मा कारोबार भएको थियो।>
>
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेकोले त्यसको असर स्थानीय बजारमा पनि परेको जनाइएको छ। >>