च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अष्ट्रेलिया

Griha Sewa 46+ समाचार ( )
२० फाल्गुन २०८१

काठमाडौं : च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा दुई बलिया प्रतिस्पर्धी भारत र अष्ट्रेलिया खेल्दैछन्। खेल नेपाली समय अनुसार दिउँसो २: ४५ मा सुरु हुनेछ। 

यी दुई राष्ट्रको खेल, खेल मात्रै नभई प्रतिष्ठाको लडाँइको रुपमा पनि हेरिएको छ। आइसीसीको प्रतियोगितामा यी दुई टिमको भेट निकै रोचक हुने गर्छ। 

चलिरहेको च्याम्पियन्स ट्रफिमा अष्ट्रेलियाका लागि केही खेलाडी अनुपस्थित छन्। अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीमा ३ मध्ये २ खेल वर्षाको कारण प्रभावित बन्न पुग्यो। अफगानस्तानसँगको खेल भने अष्ट्रेलियाले सहज जितसहित अंक बटुलेको थियो। 

२०१० यता अष्ट्रेलियाले समान २३ पटक हार र जित बेहोरेको छ। त्यस्तै, च्याम्पियन्स ट्रफीमा यी दुई टिम ४ पटक आमनेसामने भएका छन्। 

जहाँ भारतले २ जित र १ हार र १ खेल नतिजाविहिन बनेको छ। भारतले प्रतियोगितामा १३ पटक टस हारेको छ। जसमा १० पटक रोहित शर्मा र ३ पटक के एल राहुल कप्तान थिए। 

अष्ट्रेलियाका लागि म्याक्सवेललाई यो खेल निकै महत्वपूर्ण हुनेछ। म्यासवेलले एकदिवसीय अन्तर्राष्ट्रियमा ४ हजार रन पूरा गर्न १७ रनको आवश्यकता रहेको छ। यता के एल राहुललाई ३ हजार एकदिवसीय रन पूरा गर्न ३३ रन चाहिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार