इनरुवामा कर्मचारी आन्दोलित, कार्यालयकाे कामकाज ठप्प

Jasus Khabar 3945+ समाचार ( )
२७ आषाढ २०८२

सुनसरी। इनरुवा नगरपालिकाका कर्मचारीहरूले शान्तिसुरक्षा सुनिश्चित गराउन माग गर्दै आज (बिहीबार) देखि कार्यालयकाे नियमित कामकाज ठप्प पारेका छन् ।


नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निराैलालाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीहरूले दोषीमाथि कारबाही नगरेसम्म सम्पूर्ण वडा कार्यालय र स्वास्थ्य संस्था समेतको सेवा बन्द रहने जनाएका छन् ।


ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार असार २५ गते राति ९ बजे आर्थिक प्रशासन शाखामा कर्मचारी काम गरिरहेको समयमा निर्माण व्यवसायी इनरुवा नगरपालिका-६ बस्ने खेमराज थापा र भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने रमेश यादवले मादक पदार्थ सेवन (मापसे) गरी कार्यालयमा प्रवेश गरी गालीगलौज, दुर्व्यवहार र हातपात प्रयास गरेको आरोप लगाइएको छ ।


उनीहरूले चेक तथा कागजातहरू खोस्ने प्रयास गर्नुका साथै कार्यालय सामग्रीमा समेत क्षति पुर्‍याउने प्रयास गरेको भन्दै कर्मचारीहरू आक्रोशित भएका छन् ।


कर्मचारीहरूका अनुसार यस्तो घटनाले सुरक्षित र स्वाभाविक रूपमा काम गर्ने वातावरण नरहेको भन्दै दोषीमाथि तत्काल कारबाहीको माग गरिएको छ ।


नगरपालिकाका सम्पूर्ण वडाहरू, स्वास्थ्य संस्था र कार्यालयहरू अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ ।


यस्तो छ विज्ञप्ति:


प्रतिक्रिया

सम्बन्धित समाचार