नेपालले जापानलाई ९ विकेटले हरायो

Jasus Khabar 3925+ समाचार ( )
१० आषाढ २०८२

एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ ।

मंगलबार मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४.३ओभरमा सबै विकेट गुमाएर ८० रनमा बनाएको थियो ।

जारी प्रतियोगितामा यसअघि नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया