अजमल अन्सारी>
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका- ४ यादव टोल नजिकै रहेको दशगज्जा क्षेत्रबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।>
शनिबार दिउँसो करिब ३ बजे प्रदेश १-०२-०४४ प २९१३ नम्बरको कालो रङको एफजेड–३ मोटरसाइकलमा सवार ३१ वर्षीय पप्पु यादवलाई प्रहरीले शंका लागी जाँच गर्दा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको हो।>
>
देवानगञ्ज गाउँपालिका- ५ निवासी शंकर यादवका छोरा पप्पु यादवलाई इलाका प्रहरी कार्यालय कप्तानगञ्जबाट प्रहरी निरीक्षक जीवन कार्कीको कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो।>
>
उनको साथबाट सेतो प्लास्टिकमा बेरिएको ३२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।>
>
पक्राउ परेका यादव, प्रयोग गरिएको मोटरसाइकल र बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ । >
>