नैनपुर (सिरहा), ५ असार : खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताउनु भएको छ । >
आज धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले धनगढीमाईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरुको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताउनुभयो ।>
उहाँले भन्नुभयो, “हामीले आजदेखि धनगढीमाई नगरपालिका वडा नं ११, १२ र १३ का हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ । यो सरकारको नागरिकप्रतिको प्रतिबद्धताको उदाहरण पनि हो ।”>
स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पुर्याउने सरकारको प्रतिबद्धता रहेको समेत मन्त्री यादवले स्मरण गराउनुभयो । “धनगढीमाईका बासिन्दाले बिगतदेखि दैनिक रूपमा भोग्दै आएको पिउने पानीको सङ्कट अन्त्य भएको छ,” उहाँले भन्नुभयो, “अब नागरिकलाई शुद्ध, सुरक्षित र नियमित पानी आपूर्ति हुने विश्वास दिलाउँछु ।”>
>
यसैगरी मन्त्री यादवले यो आयोजना मार्फत नगरवासीलाई घरदैलोमै स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी पुर्याइ यहाँका स्थानीयवासीको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।>
आयोजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, प्राविधिक समूह र जनसहभागिताको ठूलो भूमिका रहेको उल्लेख गर्नु हुँदै मन्त्री यादवले प्रशङ्सा समेत गर्नुभयो । उहाँले यस्ता आयोजनाले समावेशी विकासलाई तीव्रता दिने उल्लेख गर्दै अन्य वडाहरूमा पनि क्रमश: यस्ता योजना विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो । >
उहाँले भन्नुभयो, “नागरिकहरूको सक्रिय सहभागिता र जनश्रमदान बिना कुनै पनि योजना सफल हुन सक्दैन, र यस आयोजना प्रति देखिएको जनताको विश्वास र सहयोगप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”>
खानेपानी सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतीलाई केन्द्रबिन्दुमा राखि सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने प्रमुख लक्ष्य रहदै आएको बताउनुभयो ।>
यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामुकमार श्रेष्ठले खानोपानी विभागले मानव विकास सुचाङ्क कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यन्वयन गरिरहेको र तराई मधेशका २८० वटा अधुरो योजनाहरु सञ्चालन गर्न नीतिगत सुधार गरि कार्यन्वयन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । >
उहाँले भन्नुभयो, “विभागले खानेपानी योजनाहरु जलवायु परिवर्तन उत्थानशिल हुने गरी निर्माण गर्ने र दीगो रुपमा सञ्चालन गर्ने व्यवस्था गरिरहेकोे छ । यस डाबरटोल नरैनपुर खानेपानी योजनाले धनगढीमाईवासीको जीवनस्तर सुधार्न महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने विश्वास लिएकाछौँ ।” >
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले धनगढीमाई नगरपालिकाको वडा नं ११,१२ र १३ निर्माण सम्पन्न भएको डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाले यहाँका नागरिकहरुको पानीको समस्या दीर्घकालिन रुपमा समाधान गरेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । >
रु १० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको उक्त आयोजनाबाट वडा नं ११, १२ र १३ का कम्तिमा पनि एक हजार ५०० घरधुरीका आठ हजार छ सय जना लाभान्वित हुनेलाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका आयोजना प्रमुख हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त कार्यक्रममा स्थानीयवासी,जनप्रतिनिधि, कर्मचारी लगायत हजारौँको सहभागीता रहेको थियो ।>>