शुक्रबार पनि सुनको भाउ १८ सय घट्यो

Jasus Khabar 1+ समाचार ( )
११ जेठ २०८१

सुनको भाउ शुक्रबार पनि तोलामा १८ सय रुपैयाँ घटेको छ । योसहित दुई दिनमा ३६ सय घटेको छ ।

अघिल्लो दिन पनि सुन १८ सय घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३८ हजार ७ सयमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ मा झरेको छ । 

प्रतिक्रिया