स्पेनिस ला लिगामा रियल मड्रिडले रियल सोसिडाडमाथि सहज जित निकालेको छ । >
घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियल मड्रिडले लिगको यस सिजनको आफ्नो अन्तिम खेलमा रियल सोसिडाडलाई २-० गोलअन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा दुवै गोल केलियन एम्बाप्पेले गरे । >
खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै एम्बाप्पेले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ८३औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई २-० को जित दिलाएका हुन् । >
>
जितसँगै रियल मड्रिडले मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टी, मिडफिल्डर लुका मोड्रिच र लुकास भास्क्वेजको सुखद बिदाइ गरेको छ । एन्सेलोट्टीले ब्राजिलको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।>
रियलको बसाइ अन्त्य गरेसँगै अब उनले ब्राजिलको राष्ट्रिय टिम सम्हाल्ने छन् । यस्तै, मिडफिल्डर मोड्रिच र भास्क्वेजले पनि आगामी महिना अमेरिकामा हुने क्लब विश्वकपपछि क्लब छाड्ने भएका छन् । >
>
जितसँगै रियल मड्रिडले ३८ खेलबाट ८४ अंक जोड्दै दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । यसअघि नै च्याम्पियन भइसकेको बार्सिलोनाको ३७ खेलबाट ८५ अंक छ । पराजित रियल सोसिडाडले भने ४६ अंक जोड्दै लिगगको ११औँ स्थानमा रहेर लिग सक्काएको छ ।>>