कञ्चनपुरमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

Jasus Khabar 3945+ समाचार ( )
१ जेठ २०८२

कञ्चनपुरमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका– बैंक चौकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेन्द्र विष्टको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मंगलबार बेलुका जिपको ठक्करबाट गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा मंगलबार राति विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरो जिप र जिपचालक बझाङको छबिसपाथिभेरा गाउँपालिका– २ का २१ वर्षीय रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया