बिरामी लिन जाँदै गरेको एम्बुलेन्स भित्तामा ठोकिएर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
२६ श्रावण २०८२

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेरी नगरपालिका– १ कोलचौरनजिकै कल्ले खोलामा आज भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा एम्बुलेन्सका चालक भेरी– १ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो । अस्थायी प्रहरी पोस्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी– १ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो । चालक चनाराको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया