टिपरको ठक्करबाट स्कुटर चालकको मृ*त्यु

Jasus Khabar 3945+ समाचार ( )
१३ आषाढ २०८२

पोखरा महानगरपालिका-१७, छोरेपाटनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका-१ सर्केटारी बस्ने ४२ वर्षीया मिना क्षेत्री रहेकी छन्।  ग.१ क ३४४५ नम्बरको टिपरले ग.२६ प १२५९ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया