सुनसरी। सुनसरीको रामधुनी नगरपालिका–७ क्वाटर डाँडा स्थित बाँसको झ्याङभित्र लुकाइ छिपाइ राखिएको ठूलो परिमाणको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।>
बिहिवार दिउँसो साढे १२ बजे प्राप्त विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट पंचायन र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाँसको झ्याङभित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा बेवारिसे रूपमा राखिएको १० पोका गाँजा फेला पारेको हो ।>
>
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उक्त पोका तौल गर्दा जम्मा ३०० केजी रहेको पुष्टि भएको छ । बरामद गरिएको लागू औषधलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पकलीमा ल्याइएको र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।>
>
>