जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।>
जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो। एलडीपीको नेतृत्वमा सत्तारुढ गठबन्धनले दुवै सदनलाई नियन्त्रण गर्ने भएकाले ६७ वर्षीय इसिबाले प्रतिनिधिसभामा ४६१ मतमध्ये २९१ र हाउस अफ काउन्सिलरमा २४२ मतमध्ये १४३ मत प्राप्त गरे।
>
आफ्नो मन्त्रिपरिषद्मा १३ जना पहिलोपटक नियुक्ति, दुई जना पुनः नियुक्ति र अघिल्लो क्याबिनेट अनुभव भएका चार जना मन्त्रीहरु रहने बताएका छन्।
>
>>