बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई भाग्न बाध्य पार्ने आन्दोलनका दुई अगुवा विद्यार्थी बने मन्त्री

Jasus Khabar 1+ समाचार ( )
२५ श्रावण २०८१

शेख हसिनाविरुद्ध आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता बंगलादेशको नवगठित अन्तरिम सरकारमा मन्त्री बनेका छन् ।

हसिनालाई सत्ताच्युत गरी देश छोड्न बाध्य पारेको आन्दोलनको अगुवाइ गरेका नाहिद इस्लाम सूचना प्रविधि तथा दूरसञ्चारमन्त्री र असिफ महमुद युवा तथा खेलकुदमन्त्री बनेका बंगलादेशी मिडिया ढाका ट्रिब्युनले लेखेको छ ।

नाहिद आरक्षण सुधार आन्दोलनका मुख्य नेतामध्ये एक थिए । यो आन्दोलन पछि शेख हसिनाको सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । सन् १९९८ मा ढाकामा जन्मेका नहिद ढाका विश्वविद्यालयमा सन् २०१६ देखि समाजशास्त्र अध्ययनरत छात्र हुन् ।

सिफ विभेदविरुद्ध विद्यार्थी आन्दोलनका अर्का समन्वयकर्ता थिए । उनी पनि ढाका विश्वविद्यालयमा सन् २०१७ देखि भाष विज्ञानका विद्यार्थी हुन् । 


प्रतिक्रिया

सम्बन्धित समाचार